• मंसिर १२ २०८१, बुधबार

विश्व कीर्तिमान बनाउन लामिछाने एक विकेटले पछाडि

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा विश्व कीर्तिमान नजिक पुगेका छन्। आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईबिरुद्ध एक विकेट लिँदै ९९ विकेट पुर्‍याएका हुन्।

विश्व कीर्तिमान नजिक पुग्ने क्रममा उनले ४१ ओडिआई खेलमा ९९ विकेट लिएका हुन्। आगामी खेलमा एक विकेट लिएमा उनी सवैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन्।

ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा छ। अफगानिस्तानका स्पिनर खानले २०१८ मा उक्त रेकर्ड बनाएका थिए। उनले ४४ खेलमा ओडिआईमा सय विकेट पूरा गरेका थिए।