• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपतिका लागि बसेको १० दलको बैठक निष्कर्षविहीन

चैत्र १ २०७९, बुधबार

काठमाडौं । आसन्न उपराष्ट्रपति निर्वाचनको लागि बसेको १० दलको आजको बैठक सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक सकारात्मक भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए । तर बैठक कुनै निष्कर्षबिना नै सकिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनको लागि सत्तारूढ गठबन्धनमा रहेका १० दलबाटै तीन जना उम्मेदवार छन् । जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिला यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् ।

प्रमिला यादवले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिने निणर्य गरिसकेकी छन् । यद्यपि उनको उम्मेदवारी कायमै छ । तर जनमत पार्टीले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडानपछि उक्त बैठक बसेर साझा उम्मेदवार तय गर्न लागेको हो ।

यसबारेमा फेरि भोलि बैठक बसेर समझदारी कायम गर्ने बस्नेतले बताए । ‘विशेषतः उपराष्ट्रपति निर्वाचनको निम्ति १० दलबीचमा समझदारी कायम गर्ने विषयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ। भोलि फेरि बसेर निणर्य हुन्छ,’ उनले भने ।