काठमाडौँ। आईसीसीको एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले राम्रो सुधार गरको छ । आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो ।
आईसीसीको अघिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपाल १९ औं स्थानमा थियो । नेपाल अहिले सार्वजनिक भएको वरीयतामा १६ औं स्थानमा उक्लेको छ ।
नेपालले यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी)लाई पछि पारेको छ । आईसीसी विश्वकप लिग–२ मा पछिल्लो समय गरेको उत्कृष्ट प्रदर्शनले नै नेपालको वरीयतामा सुधार भएको हो ।
नेपालले पछिल्लो ११ खेलबाट १० खेलमा जित निकालेको छ ।