• मंसिर १२ २०८१, बुधबार

भारतविरुद्धको अस्ट्रेलियाको कप्तानी स्मिथले सम्हाल्ने

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडाैं । स्टिभ स्मिथले भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् ।

गत साता आमा मारियाको निधनपछि नियमित कप्तान प्याट कमिन्स अस्ट्रेलियामै रहेकाले स्मिथलाई कप्तानी जिम्मेवारी दिइएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।

मुम्बईमा शुक्रबारदेखी सुरु हुने तीन खेलको शृंखलाका लागि १५ सदस्यीय टोलीमा कमिन्स अटाएका छैनन् । यस्तै नाथन एलिसलाई जाय रिचर्डसनको स्थानमा
टोलीमा बोलाइएको छ ।

स्मिथले टोलीको जिम्मेवारी लिएपछि अस्ट्रेलियाले अन्तिम पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा चार कप्तान पाउनेछ। आरोन फिन्चले सेप्टेम्बरमा न्युजिल्यान्ड विरुद्धको शृङ्खलापछि सन्यास लिएका थिए र कमिन्सलाई उनको उत्तराधिकारीको रूपमा नाम दिइएको थियो। तर नोभेम्बरमा इङ्ल्यान्डविरुद्धको शृंखलाको दोस्रो खेलमा उनलाई विश्राम दिइँदा जोस हेजलउडले कप्तानी जिम्मेवारी लिएका थिए।

स्मिथले यसअघि ५१ एकदिवसीय खेलमा कप्तानी गरेका थिए । उनले अन्तिम पटक सन् २०१८ मा अस्ट्रेलियन एकदिवसीय टोलीकाे कप्तानी गरेका थिए ।