• बैशाख २७ २०८३, आईतवार

विद्यालाई विदा गर्ने समारोहमा ओली र नेपालबीच खुसुक्क के कुरा भयो ?

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । सोमबार शीतलनिवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाई कार्यक्रम थियो । उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु सहभागी भएका थिए ।

कार्यक्रममा सहभागीमको अन्तितिर दुई पूर्व प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबीच केही कुराकानी ‘खुसामत’ भयो, चल्यो । पछिल्ला दिनमा ओली र नेपालबीच खासै राम्रो सम्बन्ध छैन ।

यही सम्बन्धका कारण ओली र नेपालबीच हुने भेटघाट र खासखुसलाई चासोका साथ हेर्ने गरिएको छ । एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा समेत अस्वीकार गरेका थिए तर, सोमबार शीतल निवासमा दुई नेताबीच खुसामत गरेको तस्बिर सार्वजनिक भएपछि के कुरा भयो होला ? धेरैले चासो प्रकट गरेका छन् ।