• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्डद्वारा उपराष्ट्रपतिका उम्मेदवार यादवलाई सहयोगको प्रतिबद्धता

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज (सोमबार) उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका हुन् । यादवले भोट माग्ने क्रममा प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाले जनाएको छ ।

उनले यादवलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफू र आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।

उपराष्ट्रपतिका निर्वाचन आसन्न चैत ३ गते हुँदैछ ।