• जेष्ठ ९ २०८३, शनिबार

३४ वर्षीय युवकद्वारा ४ वर्षीया नाबालिग बलात्कृत

फाल्गुन २९ २०७९, सोमबार

दाङ । दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार भएको छ । बलात्कार अभियोगमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दस रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्याइ बलात्कार गरेको उनीमाथि आरोप छ । उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।