• जेष्ठ ९ २०८३, शनिबार

प्रहरी हिरासत फोडेर भागेका ५ मध्ये ४ पक्राउ, १ जना थुनुवा फरार

फाल्गुन २९ २०७९, सोमबार

वीरगञ्ज । धनुषा जिल्लाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–७ का ३६ वर्षीय शंकर महतो छन् । उनलाई शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो ।

गत माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका–२ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए ।

जसमध्ये चार जनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो । घटना पश्चात् जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेशन चलाएको थियो । एकजना थुनुवा भने अझै फरार छन् ।