• बैशाख २७ २०८३, आईतवार

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज शपथ लिँदै,आजै शीतल निवास सर्ने तयारी

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

शितलनिवासमा आज दिउँसो पौडेलको १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । पौडेल आजै नै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर ल्याई विजयी भएका थिए ।