• बैशाख २७ २०८३, आईतवार

मत माग्दै उपराष्ट्रपति पदका उम्मेदवार यादवले पठाए मोबाइल सन्देश

फाल्गुन २८ २०७९, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूलाई मतदान गर्न सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् ।

संघीय र प्रदेश सभाका ८८५ सांसदलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । २०७९ चैत्र ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिएर विजयी गराउन यादवले प्रदेश तथा संघीय सांसदलाई आग्रह गरेका छन् ।

‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधीनताको रक्षा, शान्ति, स्थिरता र सुशासनसहित जनताको समुन्नति र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।

यादवले सबै सांसदहरुलाई भोटका लागि अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेको जसपाका प्रचार विभाग प्रमुख पूणर् बस्नेतले बताए ।