काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईविरुद्ध सुरुमै दुई विकेट लिएको छ।
नेपालका लागि पछिल्लो अर्थात दोस्रो विकेट नेपालका दिपेन्द्रसिंह ऐरीले लिएका छन्। उनले तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई बोल्ड आउट गराए।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले तेस्रो ओभरमा नै २ विकेट गुमाइसकेको छ।