काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा जारी छ ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजेदेखि सुरु भएको खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
नेपालविरुद्ध यूएईले केही बेरमा बलिङ गर्नेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई स्थान दिएको छ ।
नेपाल आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जित महत्वपूर्ण छ ।