काठमाडौं । नेकपा माओवादी केन्द्र सहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ ।
माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे प्रज्ञ भवनमा हुने बताएका छन् ।
आज बसेको माओवादी धारको बैठकले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेका थिए । यस्तै फागुन ३० गते संक्रमणकालीन न्यायका विषयमा अन्तरक्रिया गर्ने निर्णय गरेका छन् ।
