• बैशाख २८ २०८३, सोमबार

प्रम दाहालविरुद्धको मुद्दाको सुनुवाई सकियो

फाल्गुन २६ २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल र ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।

प्रम दाहालको अभिव्यक्तिलाई लिएर उनी विरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ ।