काठमाडौं । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई कैद सजाय नहुने भएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए।
बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई २ करोड ४५ लाख बराबर विगो र जरिवाना सुनाएको छ ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर गरेको हो।