• जेष्ठ ९ २०८३, शनिबार

राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्केने क्रममा सांसद न्यौपाने लडेर घाइते

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रपति निर्वाचनमा संघीय संसद् भवनमा पुगेर भोट हालेर फर्कँदै गर्दा एकीकृत समाजवादीका प्रदेश सभा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।

मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा सिँढीमा लडेका हुन् । टाउकोमा चोट लागेपछि सांसद् न्यौपानेलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।

७१ वर्षका न्यौपाने मधेश प्रदेश सभाको सबैभन्दा ज्येष्ठ सदस्य पनि हुन् ।