काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया शुरू भएको हो ।
बिहान ११ः४५ बजेसम्म खसेको प्रदेशतर्फ २१९ र संघीय संसद्तर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको प्रतिस्पर्धा छ ।