काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो ।
जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताए ।
मार्फामा रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताए ।
ुजमिन तातेकाले हिउँ जमिसकेको छैन, उनले भने डाँडा भने सेताम्मे भएका छन् । मौसम चिसो भएपछि जमिनमा हिउँ जम्ने लालचन बताउँछन् ।
खेतीपातीका लागि ढिलै भए पनि हिउले फाइदा गरे पनि वर्षाले राम्रो नगर्ने कृषि प्राविधिकको भनाइ छ ।