काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ । बालुवाटारमा आज (बुधबार) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ ।