• बैशाख २८ २०८३, सोमबार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ : उपमहासचिव बस्नेत

फाल्गुन २३ २०७९, मंगलवार

कठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् ।

सङ्क्रमणकालीन न्यायको विषय सर्वोच्च अदालतमा प्रवेशका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले संसदमा त्यो विधेयक प्रस्तुतका लागि सरकार तयारीमा लागेको जानकारी दिए ।

उपमहासचिव बस्नेतले भने, “संसदमा ‘विधेयकमाथिको छलफलमा ढिलाइ हुँदैन । मुख्य प्राथमिकतामा राखेर अघि बढाइने भएकाले छिट्टै नै कानूनी मान्यता प्राप्त गर्नेछ ।” उनले सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअनुरूप न्याय निरुपण गर्ने वातावरण सिर्जना गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्यलाई सरकार र राजनीतिक दलहरूले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । -रासस