• बैशाख २८ २०८३, सोमबार

राजसंस्थाको ओकालत गर्ने लिङ्देनलाई राष्ट्रपतिका उम्मेदवार पौडेलले किन भेटे सुटुक्क ?

फाल्गुन २३ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । हिजो (सोमबार) राप्रपा पार्टी कार्यालय धुम्बाराही पुगेर पौडेलले भेट गरेका हुन् ।

भेटका क्रममा पौडेललाई लिङ्देनले संस्थागत निर्णय पश्चात् जवाफ दिने बताएका थिए । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निष्कर्षमा पुगेको छैन ।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ ।

राष्ट्रपति निर्वाचन हुन अब बाँकी तीन दिन बाँकी छ ।