• बैशाख २८ २०८३, सोमबार

बालुवाटारमा माओवादी घटकको बैठक जारी

फाल्गुन २३ २०७९, मंगलवार

काठमाडौं । माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित छन् ।

संक्रमणकालिन न्यायको सवालमा परिस्थिति बेग्लै हुन गएको भन्दै माओवादी घटक नेताहरुको बैठक बसेको हो ।