• जेष्ठ ९ २०८३, शनिबार

जब एक यात्रुले अर्को यात्रुमाथि विमानभित्रै पिसाब गरे..

फाल्गुन २१ २०७९, आईतवार

एजेन्सी । अमेरिकाकाे न्युयोर्कबाट भारतकाे राजधानी दिल्ली आउँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा एक यात्रुले अर्का यात्रुलाई पिसाब गरेको घटना बाहिर आएको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार अमेरिकन एयरलाइन्सकाे विमान शनिबार राति दिल्ली पुगेको थियो। पिटिआईका अनुसार आरोपी अमेरिकी विश्वविद्यालयमा पढ्छन्। विद्यार्थीले मादक पदार्थ सेवन गरी सुतिरहेको बेला पिसाब फेरेकाे बताइएकाे छ।