• बैशाख २८ २०८३, सोमबार

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीसँग निउ खोज्नु होः बाबुराम भट्टराई

फाल्गुन २१ २०७९, आईतवार

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।

उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने, मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ। एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने, मुद्दा लगा भन्ने? हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ? किन सडकमा निस्किन सक्दैनौँ? सक्नेहरू विचार मिल्नेहरू एउटै पार्टी बनाऔँ। यस्ता मुद्दामा कार्यगत एकता गरौँ। त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ। त्यसले परिवर्तन ल्याउँछ, हाम्रा सहिदहरूको सपना पूरा गर्छ।’