• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनेबारे नाउपाको दोमन

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले छलफल शुरु गरेको छ । केहीबेर अघि विश्वासको मत दिनेबारे सघन छलफलमा जुटेको अध्यक्ष रञ्जीता श्रेष्ठले जनाकारी दिइन् ।

रञ्जीता भन्छिन्, ‘सरकारलाई विश्वासको मत दिनेबारे हामी छलफलमै छौँ । अहिलेसम्म निष्कर्ष निस्केको छैन । यद्यपि यसअघि केन्द्र सरकारलाई विश्वासको मत दिएकोले यसपटक प्रदेश सरकारलाई पनि मत दिनुपर्ने पार्टीभित्र दबाब छ । हामी छलफल गर्दैछौँ ।’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज (आइतबार) विश्वासको मत लिँदै छन् । सोही प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठकको आह्वान गरिएको छ ।