• जेष्ठ ९ २०८३, शनिबार

हिन्दुराष्ट्र कायम, संघीयता खारेज र ब्याजदर घटाउने मागसहित काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।

पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट शुरु भएको अभियानले बुटबल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

सो महाअभियनले आर्थिक अन्याय र बेथितिविरुद्ध पनि प्रदर्शन गर्न लागेको प्रसाईंले जानकारी दिए ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील सो अभियानको छ ।