• माघ १८ २०८१, शुक्रबार

१ नम्बर प्रदेशको नाम ‘कोशी’ राखिएकोप्रति खस समुदायले जनायो असन्तुष्टि

फाल्गुन १९ २०७९, शुक्रबार

काठमाडौं । १ नम्बर प्रदेशको नाम पहिचानको आधारमा नराखिएको भन्दै अन्तराष्ट्रिय खस समन्वय समाज, लिम्बुवान प्रदेश समितिले विरोध जनाएको छ ।

सो समितिका संयोजक नरबहादुर विष्टले आज एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । विष्टले विज्ञप्तिमा हालका सत्ताधारीहरुले लिम्बुवानको पहिचान मेटाइदिएर १ नम्बर प्रदेशको नाम ‘कोशी’ राखिदिएको भएपनि भावी दिनमा पक्कै पनि यो नरहने दावी गरेका छन् ।

उनले १ नम्बर प्रदेशको नामाकरण त्यहाँका आदिवासी मुलवासीको भावना विपरीत भएको बताएका छन् । उनले अन्य देशहरुमा पनि जातीय पहिचानको आधारमा प्रदेशका नाम राखिएको उदाहरण दिँदै यसो भएमा मात्रै संघीयता बलियो हुने तर्क गरेका छन् । १ नम्बर प्रदेशमा एमाले, कांग्रेस र माओवादीले बहुमतको आधारमा सो प्रदेशको नाम ‘कोशी’ राखेका छन् ।