• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति निर्वाचनको मतपत्र नमुना पत्र यस्तो छ (नमुनासहित)

फाल्गुन १९ २०७९, शुक्रबार

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति नजिकिदै गर्दा निर्वाचन आयोगले चुनावका लागि नमुना मतपत्र निर्माण गरेको छ । आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि नमुना मतपत्र निर्माण गरेको हो ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । उनीहरुलाई मतदान गर्नका लागि संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।