• बैशाख २८ २०८३, सोमबार

प्रदेश नं १ को नाम कोशी नामकरण भएको खसीयालीमा आज सार्वजनिक बिदा

फाल्गुन १८ २०७९, बिहीबार

विराटनगर । प्रदेश नं १ को नाम कोशी प्रदेश नामकरण भएको छ ।  नामकरण भएको खसीयालीमा बिहीबार (आज) सार्वजनिक बिदाको घोषणा भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नामकरण गरेको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन पनि गरेको छ ।