• बैशाख २८ २०८३, सोमबार

१ नम्बर प्रदेश नामाकरण प्रकरण : पहिचान पक्षधरद्वारा संसद बाहिर नाराबाजी

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । प्रदेश सभाभित्र नामकरणका लागि छलफल चलिरहँदा प्रदेश १ संसद परिसर बाहिर भने पहिचानमा आधारित प्रदेश चाहिने भन्दै प्रदर्शन चलिरहेको छ ।

प्रदेशको नाम कोशी हुने निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले ‘पहिचानवादी एक हौं’, ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद’, ‘कोशी प्रदेश मान्दैनौं’ लगायतका नारा लगाइरहेका छन् । धर्ना र नारा जुलुस बढेसँगै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ ।