• बैशाख २८ २०८३, सोमबार

‘कोशी प्रदेश’का लागि उठे ८२ वटा हात, कस्ले कता हात उठाए ?

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । प्रदेश नं १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाए ।

दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने एमालेको प्रस्ताव थियो । उक्त प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरे । यस्तै नेकपा एस र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।