• जेष्ठ ९ २०८३, शनिबार

चोर नपक्रिएको विरोधमा स्थानीयले गरे चच्काजाम

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । चोरलाई पक्राउ नगरेको भन्दै धनुषामा बुधबार चक्का जाम गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट मूर्ति र गरगहना चोरी गर्नेलाई पक्राउ नगरिएको भन्दै स्थानीयले चक्काजाम गरेका हुन् ।

मन्दिरका पुजारी र स्थानीयवासीले रमदैया–जनकपुर–ढल्केबर सडकमा चक्का जाम गर्दा सयौँ सवारी अलपत्र परेका छन् । गत फाल्गुन १३ गते राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुट लगायत चाँदीका सबै समान हतियारधारी चोरहरूले चोरी गरेको स्थानीयले आरोप लगाएका छन् ।

सो घटनामा संलग्नहरुको अनुहार सिसिटिभी क्यामेरामा कैद भएपनि प्रहरीले पक्राउ नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय रामपुकार यादवले जानकारी दिए । यसअघि पनि सो मन्दिरबाट चारपटक मूर्ति र गरगहना चोरी भएको थियो ।