• मंसिर १२ २०८१, बुधबार

एन्फा बैठकमा संस्थापन र असन्तुष्ट पक्षबीच विवाद

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहालको अबस्थामा पुगेको थियो । दुई पक्षबीचको विवादका कारण टेबलको सिसा फुटेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरे । त्यसपछि भएको विवादमा टेबल ठोक्दा सिसा फुटेको स्रोतले बतायो ।