• बैशाख २८ २०८३, सोमबार

एकीकृत समाजवादीले आह्वान गर्यो सचिवालय बैठक

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ ।