• बैशाख २८ २०८३, सोमबार

कांग्रेसको बढ्याई : राष्ट्रपतिको भोट बाहिर जान नदिन प्रदेश सांसदहरूलाई अभिमुखीकरण गर्दै

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)सँग गठबन्ध तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकण भेलाको तयारी शुरु गरेको छ ।

आगामी १९ गते हुने अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य शुरु गरेका हुन् ।

कांग्रेसका सांसदहरुले सो प्रदेशवाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी कांग्रेस पदाधिकारीले बैठक टुंगाएको छ ।

सभापति देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसद्हरुको अभिकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरुलाई प्रशिक्षण दिइन गरी तयारी सुरु गरेको सह महामन्त्री बद्री पाण्डेले बैठक पछि भने ।

उनका अनुसार देशका सातैवटा प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।