• बैशाख २८ २०८३, सोमबार

प्रदेश-१ को नाम जुराउन दलहरूलाई हम्मेहम्मे, दिउँसो १२ बजेसम्म सहमतिको समयसीमा (सूचनासहित)

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । प्रदेश १ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ ।

संसद् सचिवालयले एक सूचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसीमा तोकेको हो ।

पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सूचना जारी गरेको छ ।

प्रदेशसभा सचिवाल गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेश गर्नका लागि सुचना जारी गरिएको छ ।