• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति भण्डारी भोलि दोलखा जाँदै

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा जाने भएकी छिन् ।

बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा जान लागेकी हुन्।

प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई फ्लेक्स, फोटो, भिडियो लगायतका माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।