रुकुम (पश्चिम) । मुसिकोट नगरपालिका–८ किटनी खोलाको जंगलबाट वेवारिसे अवस्थामा रहेको ४ नाल भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ ।
उक्त जंगलमा रहेको पाखो भिरको ओडारमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)बाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।