• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डको गाेजीमा ८ मन्त्रालय, ती कुन-कुन हुन् ?

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले का मन्त्रीहरु राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हाली रहेका छन् ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीकै खल्तीमा छन् ।

वन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिनायता रिक्त हुँदै आएका थिए भने रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन् पुगेको थियो ।

आइतबार राप्रपाका मन्त्रीहरुले राजीनामा दिए पछि उर्जा, जलस्रोत, सहरी बिकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

राप्रपाका मन्त्रीहरुका राजीनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।