काठमाडौँ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुने भएसंगै नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
आज फेरि सचिवालय बैठक बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।