काठमाडौं । राष्ट्रपति पदमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिनका लागि एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन् ।
एमालेले सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै ओलीले माधव कुमार नेपाललाई औपचारिक पत्र पठाएका हुन् । राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । पुस १० गतेको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन ।
केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएको छ । एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दै सम्बोधन गरी पत्र पठाएका हुन् ।