काठमाडौं। मेचीनगर– ११ की १३ वर्षीया किशोरी काठमाडौँमा फेला परेकी छन् । तीनदेखि हराइरहेकी उनको आज प्रहरीले काठमाडौँबाट उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती किशोरीलाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ
। स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत उनी तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।
एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । “बालिकाको सुरक्षित उद्धार गरिएको छ”, सूचना अधिकारी रिजालले भने । उनका अनुसार चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।