• जेष्ठ ९ २०८३, शनिबार

जसपा सांसद सहनाजको हृदयघातबाट निधन

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको हृदयघातका कारण शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो।

भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक कार्यक्रममा गएका अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।