• बैशाख २८ २०८३, सोमबार

पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइसकेको छैनः प्रचण्ड

फाल्गुन ११ २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो (तत्कालीन ५ दलीय) गठबन्धन ब्यूतिने कुरा फाइनल भइनसकेको बताएका छन्।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका हुन्।