• जेष्ठ ९ २०८३, शनिबार

बुटवलमा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं। बुटवलमा रातिको समयमा यात्रुलाई धम्क्याए लुटपाट गरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवलको देवी नगरका आदर्श हमाल, पदम बहादुर पुन र अंकित बिक रहेका छन् । यस्तै प्रहरीले चक्कु, फलामको पन्च, लुटपाट गरेका मोबाइल र लुटेको रकमसहित उनीहरुललाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरुविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।