• मंसिर १२ २०८१, बुधबार

सन्दीपलाई दुबई लैजान पाउनुपर्ने भन्दै क्यानले राखेपलाई पठायो पत्र

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ।

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै पत्र पठाइएको बताए। अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन् । सो सर्त खारेज गर्दै उनले विदेशमा खेल्न पाउनुपर्ने माग राख्दै रिट दायर गर्ने तयारी गरोको छ ।

क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ। योसँगै सन्दीपको तर्फबाट समेत खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको छ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ। सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता सराजे घिमिरेले रिट दायर गर्न लागेका हुन्।

नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।