• जेष्ठ ९ २०८३, शनिबार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय शेर्पा पक्राउ

फाल्गुन १० २०७९, बुधबार

ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खिजिदेम्बा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।