काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धादिङको गंगाजमुना गाउँपालिका–९ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४, सीतापाइला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१५ कारखानाचोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ठोरी गाउँपालिका–१, दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिङ्गेखोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।