• बैशाख २८ २०८३, सोमबार

कालिका भगवती दर्शनका लागि राष्ट्रपति भण्डारीको तयारी

फाल्गुन ९ २०७९, मंगलवार

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि तयारी गरिएको छ । भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शनका लागि जान लागेकि बताइएको हो ।

राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि फाल्गुन १० गते जाने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको हो ।

राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका लागि जाने कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए। गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वागतको तयारीमा जुटेको छ ।

राष्ट्रपतीद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने भएकोले कालिका गुठी व्यवस्थापन समिति राष्ट्रपतिको कालिका मन्दिर दर्शनलाई व्यवस्थित बनाउने तयारीमा जुटेको छ ।

देशमा नयाँ राष्ट्रपति चयनको सर्गर्मी चलिरहेको बेला राष्ट्रपति भने आफ्नो दोस्रो कार्यकाल सकिँदैलाग्दा शक्ति पिठको उद्घाटनको दौडधुपमा लागेकि छिन् ।