• जेष्ठ ९ २०८३, शनिबार

दिल्लीमा उपचाररत कांग्रेस नेता भण्डारीको अबस्था सामान्य बन्दै

फाल्गुन ९ २०७९, मंगलवार

काठमाडौं । भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई अस्पतालले भेन्टिलेटर हटाएर ‘नर्मल मास्क’ बाट अक्सिजन दिएको छ।

मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले मंगलबार बिहान सवा १० बजेको स्वास्थ्य अवस्थाको ‘अपडेट’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ।’

उनले नेता भण्डारीको अन्य स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको अनुहार घटेको पनि उल्लेख गरेका छन्।

‘कल्चर रिपोर्ट आज आउँदै छ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्,’ न्यौपानेले लेखेका छन्, ‘सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ।’